घोराही उपमहानगर प्रमुखमा माओवादी, उपप्रमुखमा कांग्रेस अगाडि
काठमाडौँ- दाङको घोराही उपमहानगरपालिकाको प्रमुख पदमा नेकपा माओवादी केन्द्रले अग्रता लिएको छ । माओवादी केन्द्रका हेमराज शर्मा पोख्रेल ३ हजार १ सय ३७ मत ल्याइ अग्रस्थानमा छन् । पोख्रेललाई नेकपा एमालेका नरुलाल चौधरीले २ हजार ७ सय ६१ मत ल्याएर पच्छाइरहेका छन् । नेकपा एकीकृत समाजवादीका रामप्रसाद चौधरीले ८८ मत मात्रै प्राप्त गरेका छन् ।
उपप्रमुख पदमा नेपाली कांग्रेसका भुपबहादुर डाँगी क्षेत्री शीर्ष स्थानमा रहेका छन् । उनलाई एमालेकी हुमाकुमारी डिसीले २ हजार ६ सय ५९ मत ल्याएर पच्छाइरहेकी छिन्।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया