स्थानीय तह निर्वाचन २०७९

नेपालगञ्ज उप-महानगरपालिका प्रमुखमा कांग्रेस, उप-प्रमुखमा समाजवादी अगाडि

इकागज |
जेठ १, २०७९ आइतबार १५:४० बजे

काठमाडौँ- बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका प्रशान्त विष्टले अग्रता लिएका छन् । उनलाई नेकपा एमालेका पशुपति दयाल मिश्राले पच्छाइरहेक छन् । कांग्रेस उम्मेदवार विष्टको २ हजार ८ सय १२ मत प्राप्त गर्दा एमालेका मिश्राले १ हजार ४ सय ११ मत पाएका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टीका नन्दलाल वैश्यले १ हजार ३ सय ४ मत पाएर तेस्रो स्थानमा छन्।

उपप्रमुखमा जनता समाजवादी पार्टीका कमरुद्दीन राई १ हजार ८ सय ८३ मत प्राप्त गरि शीर्ष स्थानमा रहेका छन् । राईलाई राष्ट्रिय प्रजातन्त्र पार्टीकी विन्दु चर्ती मगर १ हजार ३ सय ३० मत प्राप्त गरि दोस्रो स्थानमा छिन्



Author

थप समाचार
x