स्थानीय तह निर्वाचन २०७९

भरतपुरमा ५२ मतले रेणुको अग्रता

इकागज |
जेठ १, २०७९ आइतबार १६:३७ बजे

चितवन- भरतपुर महानगरपालिकामा रेणु दाहालले अग्रता कायम राखेकी छिन् ।  उनले  महानगरको मेयरको मतगणना जारी रहँदा २ हजार ६ मत प्राप्त गरेकी छिन् ।

पाँच हजार ६ सय ७७ मत गणना हुँदासम्म गठबन्धनका तर्फबाट नेकपा माओवादीका उम्मेदवार मेयर रहेकी दाहालले २ हजार ६ मत ल्याएकी हुन् ।


एमालेका मेयर उम्मेदवार विजय सुवेदीले १ हजार ९ सय ५४ मत  ल्याएका छन् । अहिले भरतपुर २ मा मत गणना भइरहेको छ । २ मा हालसम्म २ हजार ३ सय मत गणना भइसकेको छ ।

अहिले तीन वटा केन्द्रबाट गणना भइरहेकाे छ । यसअघि एक स्थानमा मात्रै मत गणना भइरहेकाे थियाे ।

स्थानीय तह सदस्य निर्वाचन अन्तर्गत शुक्रबार सम्पन्न मतदानमा भरतपुर महानगरपालिकाका १ लाख २७ हजार ५६६ जनाले मतदान गरेका छन् ।

महानगरपालिकामा कूल मतदाताको संख्या १ लाख ८५ हजार ७५१ रहेकामा केवल ६८.६७ प्रतिशतले मात्रै मतदान गरेका हुन् ।

भरतपुरमा कुल मतदाताको ६७ प्रतिशत मत खसेको थियो । 


Author

थप समाचार
x