भरतपुरमा रेणु-विजयको कति छ मतान्तर ?
चितवन- भरतपुर महानगरपालिकामा रेणु दाहालले अग्रता कायम राखेकी छिन् । उनले महानगरको मेयरको मतगणना जारी रहँदा २ हजार ३८ मत प्राप्त गरेकी छिन् । विजय भन्दा रेणु ४० मतले अगाडि छिन् ।
पाँच हजार ६ सय ७७ मत गणना हुँदासम्म गठबन्धनका तर्फबाट नेकपा माओवादीका उम्मेदवार मेयर रहेकी दाहालले २ हजार ३८ मत ल्याएकी हुन् ।
एमालेका मेयर उम्मेदवार विजय सुवेदीले १ हजार ९ सय ९८ मत ल्याएका छन् । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ६ सय ६१ मत ल्याएका छन् ।
कांग्रेसका उपमेयर चित्रसेन अधिकारीले २ हजार २ सय ४० र राप्रपाका हिमला गुरुङले १ हजार ६ सय २ मत ल्याएकी छिन् ।
अहिले भरतपुर २ मा मत गणना भइरहेको छ । २ मा हालसम्म २ हजार ३ सय मत गणना भइसकेको छ ।
अहिले तीन वटा केन्द्रबाट गणना भइरहेकाे छ । यसअघि एक स्थानमा मात्रै मत गणना भइरहेको थियो ।
स्थानीय तह सदस्य निर्वाचन अन्तर्गत शुक्रबार सम्पन्न मतदानमा भरतपुर महानगरपालिकाका १ लाख २७ हजार ५६६ जनाले मतदान गरेका छन् ।
महानगरपालिकामा कूल मतदाताको संख्या १ लाख ८५ हजार ७५१ रहेकामा केवल ६८.६७ प्रतिशतले मात्रै मतदान गरेका हुन् ।
भरतपुरमा कुल मतदाताको ६७ प्रतिशत मत खसेको थियो ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया