स्थानीय तह निर्वाचन २०७९

केशव स्थापित ट्‍वीटर ट्रेन्डिङमा आउन खोज्दा बालेनले हराए

इकागज |
जेठ १, २०७९ आइतबार १७:१५ बजे

काठमाडौँ– काठमाडौँ महानगरको निर्वाचनको प्रारम्भिक मतगणनामा रोचक र दलीय उम्मेदवारका लागि अप्रत्याशित नतिजा देखापरिरहेको छ । ‘मेरो प्रतिस्पर्धी नै छैन, मतगणनाको साँझ आठ बजेदेखि बालेनको चुरीफुरी समाप्त हुन्छ,’ भन्नेजस्ता अभिव्यक्ति दिएर चर्चामा आएका मेयरका अर्का उम्मेदवार केशव स्थापितको जोडबल अहिले ट्वीटरको ट्रेन्डीङमा आउनतर्फ पनि देखिएको छ । 

मेयरका स्वतन्त्र उम्मेदवार बालेन साह भने २० दिन अघि देखि बेला–बेला ट्वीटरको टप ट्रेन्डमा आएरहेका छन् । त्यसमा मेयरका अन्य उम्मेदवारको नामोनिशान थिएन । मत गणनाको दोस्रो दिन स्थापित पनि एकाएक ट्वीटरमा दोस्रो ट्रेन्डमा देखिए । स्थापित दोस्रो नम्बरमा आएपछि बालेनका सोसल मिडिया ‘फ्यान’ले ह्यासट्याग बालेनशाह अभियान नै चलाएर अहिले केशव स्थापितलाई तेश्रो नम्बरमा पुर्‍याएका छन् । दोस्रो नम्बरमा लोकलइलेक्सन२०२२ आएको छ । 


काठमाडौँको मतगणना शुरु भएदेखि नै अग्रता लिएका बालेन शाहले निकटतम प्रतिद्वन्द्वी केशव स्थापितभन्दा झन्डै दोब्बर मत ल्याएका छन् । शाहले लौरो चिन्हबाट ३ हजार ५ सय ३२ मत ल्याएका छन् ।

एमालेका केशव स्थापितले १ हजार ८ सय ५६ र नेपाली कांग्रेसका सिर्जना सिंहले १ हजार ६ सय ६८ मत प्राप्त गरेकी छिन् । महानगरमा हाल वडा १,२, ३,४, ३१ र ३२ को मतगणना भइरहेको छ । मत गणना राष्‍ट्रिय सभागृहमा भइरहेको छ ।
 


Author

थप समाचार
x