चिरीबाबु दोब्बर मतले अगाडि
काठमाडौँ- ललितपुर महानगरपालिकाका मेयरको पछिल्लो मत परिणाम अनुसार गठबन्धनबाट उम्मेदवार बनेका कांग्रेसका चिरीबाबु महर्जन दोब्बर मतले अग्रता लिएका छन् । महर्जनले ९ सय ८४ मत प्राप्त गर्दा उनलाई पच्छ्याइरहेका नेकपा एमालेका उम्मेदवार हरिकृष्ण व्यन्जनकारले ४ सय ४८ मत प्राप्त गरेका छन् ।
त्यस्तै उपमेयरमा एमालेकी मञ्जली शाक्य बज्राचार्यले अग्रता लिएकी छिन् । बज्राचार्यले ५ सय मत प्राप्त गर्दा नेकपा माओवादी केन्द्रका बाबुराजा बज्राचार्य ३ सय ४० मत ल्याएर पच्छ्याइरहेका छन् । कांग्रेसको उम्मेदवारविहीन उपमेयर पदको रूख चिह्नमा ३ सय ५७ मत परेको छ। उपमेयर पद गठबन्धनको तर्फबाट माओवादीको भागमा परेको थियो।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया