स्थानीय तह निर्वाचन २०७९

निवर्तमानलाई हराउँदै दार्चुलाकाे महाकालीमा एमाले उम्मेदवार विजयी

इकागज |
जेठ १, २०७९ आइतबार १८:८ बजे

दार्चुला- दार्चुलाको महाकाली नगरपालिकाको प्रमुख र उपप्रमुख पदमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार निर्वाचित भएका छन् । एमालेका नगर प्रमुख पदका उम्मेदवार नरसिंह चैसिरले ५ हजार १३ मत प्राप्त गर्दै निर्वाचित भएको मुख्य निर्वाचन अधिकृत कोमलप्रसाद आचार्यले जानकारी दिए ।

उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका मेयर पदका उम्मेदवार हंसराज भट्टले ३ हजार ८८७ मत मात्रै प्राप्त गरेका छन् । भट्ट निवर्तमान नगर प्रमुख हुन । त्यस्तै नगर उपप्रमुखमा एमालेकै दुर्गा कुमारी बिष्ट खत्री निर्वाचित भएकी छिन् । उनले ४ हजार ६२६ मत प्राप्त गरेकी थिइन ।


उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सुना बोहराले ४ हजार १८२ मत प्राप्त गरेकी थिईन् । पराजित बोहरा समेत निवर्तमान उपप्रमुख हुन् ।


Author

थप समाचार
x