स्थानीय तह निर्वाचन २०७९

बाजुराको स्वामीकार्तिकमा कांग्रेसका रोकाया निर्वाचित

इकागज |
जेठ १, २०७९ आइतबार १८:३२ बजे

काठमाडौं– बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकामा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । कांग्रेसबाट उम्मेदवार बनेका भरतबहादुर रोकाया अध्यक्षमा विजयी भएका हुन् । 

रोकायाले एमालेका चतुर्भूज शाहीलाई पराजित गरेका हुन् ।


रोकाया दुई हजार ११ मत प्राप्त गरी विजयी बने । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका शाहीले एक हजार ७५७ मत ल्याए । 
यहाँ, माओवादी र नेकपा एकीकृत समाजवादी बीच गठबन्धन गरिएको थियो । गठबन्धनका उम्मेदवार नेकपा एसका चिरन्जीवी शाही भने तेस्रो भए । शाहीले एक हजार २८२ मत मात्र पाए ।

यो गाउँपालिकालाई एमालेको गढका रुपमा लिइन्छ । २०७४ को स्थानीय तह निर्वाचनमा यहाँ एमालेले जित हासिल गरेको थियो ।
त्यस्तै, उपाध्यक्षमा कांग्रेसकी मैना जोशीले एक हजार ८१० मत पाएर विजयी भइन् । उनले एक हजार ६३७ मत ल्याएर एमाले उम्मेदवार सुलोचना कुमारी भण्डारीलाई पराजित गरेकी हुन् ।

गठबन्धनका तर्फबाट उपाध्यक्षका उम्मेदवार सुरेशबहादुर रोकाया तेस्रो भए । उनले एक हजार २१३ मत मात्र पाएका छन् । उनी माओवादी केन्द्बाट उम्मेदवार बनेका थिए ।
 


Author

थप समाचार
x