स्थानीय तह निर्वाचन २०७९

स्थानीय तह निर्वाचन : भरतपुरमा रेणुलाई उछिन्दै विजयले लिए अग्रता

इकागज |
जेठ १, २०७९ आइतबार १९:५९ बजे

चितवन - भरतपुर महानगरपालिकाको मेयरको मत गणना रोचक बन्दै गइरहेको छ ।

रेणु दाहाललाई तीन मतले उछिन्दै नेकपा एमालेका मेयर उम्मेदवार विजय सुवेदीले अग्रता लिएका छन् ।


सुवेदीले २ हजार ४ सय ६८ मत प्राप्त गरेका छन् भने दाहालले २ हजार ४ सय ६५ मत ल्याएकी छिन् । हालसम्म ६ हजार ७ सय ७७ मत गणना भइसकेको छ ।

अहिले भरतपुर २ मा मत गणना भइरहेको छ । अहिले आठ वटा केन्द्रबाट गणना भइरहेकाे छ ।

स्थानीय तह सदस्य निर्वाचन अन्तर्गत शुक्रबार सम्पन्न मतदानमा भरतपुर महानगरपालिकाका १ लाख २७ हजार ५६६ जनाले मतदान गरेका छन् ।

महानगरपालिकामा कूल मतदाताको संख्या १ लाख ८५ हजार ७५१ रहेकामा केवल ६८.६७ प्रतिशतले मात्रै मतदान गरेका हुन् ।

भरतपुरमा कुल मतदाताको ६७ प्रतिशत मत खसेको थियो । 


 


Author

थप समाचार
x