स्वतन्त्रका उम्मेदवार हमाललाई भेट्न निवर्तमान मेयर वडलाई चुनौती
काठमाडौं–धनगढी उपमहानगरपालिकामा स्वतन्त्रबाट मेयरपदका उम्मेदवार गोपाल हमाल करिब एक हजार मतान्तरले अगाडि छन् । कांग्रेसका उम्मेदवार नृपबहादुर वडलाई पछि पार्दे उनले सुरु देखि नै गरेको अग्रता कायम गरेका हुन् ।
मेयर पदमा हालसम्म हमालले २५८१ मत प्राप्त गर्दा वडले १४७२ मत ल्याएका छन् ।
वड यहाँका निवर्तमान मेयर हुन् । अघिल्लो पनर्वाचनमा स्वतन्त्रका हमाललाई हराउँदै वड मेयरमा निर्वाचित भएका थिए । अहिले उनै हमाललाई पछ्याइरहेका वडलाई जितका लागि निकै चुनौती देखिएको छ ।
त्यस्तै उपपेयरमा माओवादीकी शान्तिकुमारी अधिकारीले ९७३ मत प्राप्त गरेकी छिन् ।
यहाँ गठबन्धनबाट मेयरमा कांग्रेस र उपमेयरमा माओवादीका उम्मेदवार चुनावी मैदानमा थिए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया