स्थानीय तह निर्वाचन
१०१ पालिकाको अन्तिम नतिजा सार्वजनिक : कांग्रेस अघि-अघि, एमाले पछि-पछि, कसले कति जिते ?
काठमाडौँ - स्थानीय तह निर्वाचनअन्तर्त विभिन्न पालिकामा मतगणना जारी छ । हालसम्म १०१ पालिकाको अन्तिम नतिजा सार्वजनिक भएको छ । सार्वजनिक मतपरणामअनुसार नेपाली कांग्रेसले सबैभन्दा धेरै ३९ पालिका प्रमखमा विजय हासिल गरेको छ । ३९ पालिकामा प्रमुख जितेको कांग्रेसले ४६ पालिकामा उपप्रमुख जितेको छ ।
दोस्रोमा नेकपा एमाले छ । एमालेले ३५ पालिकामा नेतृत्व हात पारेको छ भने ३० पालिकामा उपप्रमुख जितेको छ । तेस्रोमा रहेको नेकपा माओवादी केन्द्रले २४ पालिका प्रमुख जितेको छ भने १६ पालिकामा उपप्रमुख जितेको छ ।
नेकपा एकीकृत समाजवादीले दुई पालिका जितेको छ भने पाँच पालिकामा उपप्रमुख जितेको छ । एक पालिकामा अन्यले प्रमुख जितेका छन् ।
जसपाले दुई पालिका उपप्रमुख जित्दा अन्यले दुई पालिका जितेका छन् ।
अग्रतामा पनि नेपाली कांग्रेस सबैभन्दा अगाडि छ । कांग्रेस २५७ पालिकामा अग्र स्थानमा हुँदा एमाले १५७ पालिकामा अगाडि छ ।
माओवादी र समाजवादी क्रमस: ९५ र १६ पालिकामा अगाडि छन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया