स्थानीय तह निर्वाचन २०७९

मानेभन्ज्याङ गाउँपालिकाको अध्यक्षमा ज्ञानेन्द्र विजयी

इकागज |
जेठ २, २०७९ सोमबार १२:४ बजे

ओखलढुंगा - मानेभन्ज्याङ गाउँपालिकाको अध्यक्षमा स्वतन्त्र उम्मेदवार ज्ञानेन्द्र रुम्दाली र उपाध्यक्षमा नेपाली कांग्रेसका आश्राचन राई विजयी भएका छन्।

रुम्दालीले ५ हजार २१ र राईले ४ हजार ७ सय ५० मत प्राप्त गरे । रुम्दालीका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका रुपलाल तामाङले ३ हजार ८ सय १५ मत ल्याए ।


अध्यक्षमा निर्वाचित स्वतन्त्र उम्मेदवार रुम्दालीलाई कांग्रेसको समर्थन थियो ।

त्यस्तै, उपाध्यक्षमा निर्वाचित राईले ४ हजार ७५० मत पाएका छन् । सो पदमा एमालेको समर्थनमा जसपाका दीपेन्द्र रुम्दालीले २ हजार ७ सय ७७ मत पाए ।

अध्यक्षमा निर्वाचित रुम्दाली कांग्रेसका तरुण दलका पूर्वजिल्ला अध्यक्ष समेत हुन् । २०७४ को प्रदेशसभा निर्वाचनमा बागी उम्मेदवारी दिएवापत रुम्दाली पार्टीबाट कारबाहीमा परेका थिए। कारबाही फुकुवा नभएका कारण उनलाई रुख चिन्हबाट चुनाव लड्न समस्या भएको थियो । उनले धारा चिन्हबाट चुनाव जितेका हुन् ।

त्यसैले कांग्रेसले उनलाई समर्थन गर्दै चुनाव चिन्ह भने स्वतन्त्र दिएको हो । उनले स्वतन्त्र चुनाव चिन्ह पाएकै कारण उपाध्यक्ष पदमा पनि पुरुषलाई नै पार्टीले उम्मेदवार बनाएको थियो ।

 


Author

थप समाचार
x