स्थानीय तह निर्वाचन २०७९

धनुषाकाे धनाैजी र नगराईनमा मतगणना स्थगित, प्रहरीद्वारा दर्जनाै राउण्ड हवाई फायर

इकागज |
जेठ २, २०७९ सोमबार १२:२३ बजे

जनकपुरधाम - धनौजीस्थित मतगणना स्थलबाहिर विवादले उग्ररूप लिएपछि प्रहरीले हवाई फायर गरेको छ । अवस्थालाई नियन्त्रणमा लिन २६ राउण्ड हवाई फायर र एक राउण्ड आश्रुग्यास प्रहार समेत गरेको हो । 

२५ राउन्ड हवाई फायर र एक राउन्ड अश्रुग्यास प्रहार गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक प्रदिपबहादुर क्षेत्रीले जानकारी दिए । उनका अनुसार धनौजीको मतगणना स्थललाई सामान्य बनाउन अहिले नेपाली सेना परिचालन गरिएको छ ।


धनौजी गाउँपालिकमा वैशाख ३० गते मतदानको दिन मतखसेपछि मतदान अधिकृतले फिल्डबाट पठाएको रिपोर्टभन्दा १५ मत बढी फेला परेपछि विवाद उत्पन्न भएको थियाे । निर्वाचन अधिकृत पोषराज खनालका अनुसार मतपेटिकामा भनिएको भन्दा १५ वटा मत बढी फेला परेको भन्दै उम्मेदवार तथा प्रतिनिधिहरूले हो । 

मतपेटिकामा मतखसेको भन्दा बढी मत फेला परे पनि निर्वाचनसम्बन्धी ऐनले मतपेटिकामा रहेको मतलाई नै अन्तिम मत मान्न हामी भनेपछि विवाद उत्पन्न भएकाे थियाे ।

धनौजी २ मा १ हजार ६९४ मत हुनुपर्नेमा त्यसभन्दा बढी मत मतपेटिकामा फेला परेको हो । यता नगराइन नगरपालिकामा लोसपा, एमाले लगायतका दलले पुनः मतगणनाको माग गरेपछि मतगणना स्थगित भएको छ ।

मतपेटिकामा रहेको अन्य दलको हकमा आएको सदर मतलाई पनि बदर गरिएको, कांग्रेसको बदर मतलाई समेत सदर गरिएको आरोप लगाउँदै पुनः मतगणनाको माग गरेपछि विवाद उत्पन्न भई स्थगित भएकाे हाे ।

लोसपाको नगरप्रमुखका उम्मेदवार राजेश चौधरीसहित ११ जना प्रतिनिधिले मतगणना स्थगित गर्नुपर्ने माग गरेपछि मतगणना स्थगित गरिएको निर्वाचन अधिकृत सुदिपकुमार दंगालले जानकारी दिए। खसेको मतभन्दा बढी मत फेला परेपछि धनुषाको धनौजी गाउँपालिका र नगराईन नगरपालिकामा मतगणना स्थगित भएको छ ।


Author

थप समाचार
x