स्थानीय तह निर्वाचन २०७९

विभिन्न स्थानीय तहका ३० वडामा राप्रपा विजयी (सूचीसहित)

इकागज |
जेठ २, २०७९ सोमबार १३:४५ बजे

काठमाडौं– स्थानीय तह निर्वाचनअन्तर्गत अहिले विभिन्न स्थानीय तहको मतगणना चलिरहेको छ । केहीमा अन्तिम परिणाम समेत सार्वजनिक भइसकेको छ । 

अहिलेसम्म प्राप्त नतिजाअनुसार नेपाली कांग्रेसले ४८ वटा पालिकाको प्रमुखमा विजयी हासिल गरेर पहिलो स्थानमा छ । त्यस्तै, ४५ वटा पालिकाको प्रमुखमा जितेर नेकपा एमाले दोस्रो स्थानमा छ भने ३५ पालिकाको प्रमुख जित्दै नेकपा माओवादी तेस्रो स्थानमा छ । 


राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले केही पालिकामा अग्रता लिए पनि अहिलेसम्म जित निकालिसकेको छैन । तर, राप्रपाले विभिन्न स्थानीय तहअन्तर्गतका ३० वटा वडामा भने विजयी हासिल गरेको छ । 

राप्रपाले जितेका वडाहरू– 

१. धादिङको रुवीभ्याली वडा नं ४ मा प्रशान्त तामाङ र प्यानल विजयी ।

२. धादिङको खनियाबास वडा नं ३ मा कमानसिंह तामाङ र प्यानल विजयी ।

३. सिद्धार्थनगर नपारपालिकाको वडा नं ३ मा नारायण प्रसाद उपाध्याय सापकोटा र प्यानल विजयी ।

४. सिद्धार्थनगरकै नगरपालिकाको वडा नं ४ मा अध्यक्षमा मुक्तिनाथ यादव (भोला) र प्यानल विजयी ।

५. धनुषाको गणेशमान चारनाथ नगरपालिकाको वडा नं १ मा श्यामकुमार आले र प्यानल विजयी ।

६. लक्ष्मीनिया गाउँपालिकाको वडा नं ३ मा तेजनारायण प्यानसहित विजयी ।

७. भद्रपुर नगरपालिकाको वडा नं ३ मा हेमबहादुर कार्की सहितको प्यानल बिजयी ।

८. दमक नगरपालिकाको वडा नं १० मा राजेन्द्र भण्डारीसहितको प्यानल विजयी ।

९. झापाको हल्दिबारी गाउँपालिकाको वडा नं १ मा देवी थापा सहितको प्यानल विजयी ।

१०. नेपालगन्ज उपमहानगरको वडा नं २ को अध्यक्षमा मनोज श्रेष्ठ सहितको प्यानल विजयी ।

११. सर्लाहीको कौडेना गाउँपालिकाको वडा नं ७ मा कुमार यादवसहितको प्यानल विजयी ।

१२. चितवनको माडी नगरपालिका वडा नं ८ मा वीरेन्द्र भण्डारी र प्यानल निर्वाचित ।

१३. नवलपरासीको रामग्राम नगरपालिकाको वडा नं ३ मा उज्ज्वल न्यौपाने र प्यानल निर्वाचित ।

१४. नवलपरासीकै गाउँपालिकाको वडा नं ३ मा रामनरेश यादव र प्यानल निर्वाचित ।

१५. कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकाको वडा नं ५ केशव खत्री र प्यानल विजयी ।

१६. कपिलवस्तुको कृष्णनगरको वडा नं १ मा टुङ्गनाथ चौधरीको प्यानलसहित विजयी ।

१७. सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका वडा नं १ मा लक्ष्मण मेहता र प्यानल निर्वाचित ।

१८. रुपन्देहीको रोहिणी गाउँपालिकाको वाड नं १ मा अलि पठान (मुक्त्तर अहमद पठान)को प्यानल निर्वाचित ।

१९. चितवनको माडी नगरपालिकाको वडा न. १ मा अमित लामा र प्यानल निर्वाचित ।

२०. सिद्धार्थनगर नगरपालिका वडा नं. २ मा छेदीलाल श्रीवास्तव लगायत प्यानलसहित निर्वाचित ।

२१. नवलपरासी, रामग्राम नगरपालिकाको वडा नं १ मा राप्रपाका रुद्रप्रसाद सिंहलगायत प्यानल निर्वाचित ।

२२. डोटीको के.आई. सिंह गाऊँपालिका वार्ड न. ७ मा दिलबहादुर बलायर प्यानलसहित विजयी ।

२३. बैतडीको सुर्नया गाउँपालिकाको वडा नं २ मा गणेशबहादुर विष्ट प्यानलसहित बिजयी ।

२४. पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिकाको वडा नं ७ मा उमेश कार्की र प्यानल विजयी ।

२५. धादिङको खनियाबास गाउँपालिकाको वडा नं १ मा सोनाम तामाङ विजयी ।

२६. रुपहेन्दीको ओमसतिया बेलबहादुर बराल प्यानलसहित विजयी ।

२७. कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकाको वडा नं १ मा विक्रम चन्द प्यानलसहित विजयी ।

२८. धादिङको खनियाबास गाउँपालिकाको वडा नं २ मा अरुण तामाङ प्यानलसहित विजयी ।

२९. रुपन्देहीको सियारी गाउँपालिका वडा नं १ मा अरुण शाही प्यानलसहित विजयी ।

३०. नवलपरासीको प्रतापपुर गाउँपालिकाको वडा नं २ मा रामनरेश यादव प्यानलसहित विजयी ।


Author

थप समाचार
x