एक मतले वडाध्यक्ष बने एमालेका नारायण अर्याल
काठमाडौं– अर्घाखाँची मालारानी गाउँपालिका वडा नं ६ हंसपुरमा नेकपा एमालेका नारायणप्रसाद अर्याल एक मतको मतान्तरले जितेका छन् । अर्यालले आफ्ना निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादीका उम्मेदवार उदयबहादुरलाई एक मतले जितेका हुन् ।
अन्तिम मतपरिणाम अनुसार अर्यालले ८ सय ४९ मत ल्याएर विजयी भए भने पुनले ८ सय ४८ मत ल्याए । सुरुदेखि नै निरन्तर मत बराबर भएपछि पटक पटक पुन: मतगणना गर्दा पछिल्लो मत परिणाममा अर्यालको एक मत बढी आएपछि निर्वाचित भएको घोषणा गरिएको मालारानी गाउँपालिकाका सहायक निर्वाचन अधिकृत रमेश पन्थीले बताए । अर्याल दोस्रो पटक अध्यक्षमा विजयी भएका हुन् ।
२०७४ को स्थानीय तह निर्वाचनमा माओवादी केन्द्रबाट वडाध्यक्षमा निर्वाचित भएका थिए । नेकपा विभाजन भएर एमाले र माओवादी हुँदा नेता टोपबहादुर रायमाझी केपी ओलीतिर लागेपछि अर्याल पनि एमालेमा समायोजन भएका थिए । उनै अर्याललाई एमालेले अध्यक्षको उम्मेदवार बनाएको थियो ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया