जनकपुरधाममा स्वतन्त्र उम्मेदवारको फराकिलो अग्रता
धनुषा – धनुषाको जनकपुरधाम उपमहानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवारले फराकिलो अग्रता कायम गरेको छ । स्वतन्त्र उम्मेदवार मनोज कुमार साहले २४७७ मत प्राप्त गर्दै अग्रता कायम राखेका छन् ।
यता नेकपा एमालेका उम्मेदवार शविशंकर साहले १०७७ मतले उनलाई पछ्याइरहेका छन् । अर्का स्वतन्त्र उम्मेदवार बलराम महतोले ३८० मत पाएका छन् ।
उपप्रमुखमा नेपाली कांग्रेसका किशोर साहले २३५५ मत सहित अग्रता बनाएका छन् । एमालेकी रुणादेवी झा ११६४ मतसहित दोस्रो स्थानमा रहेकी छन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया