स्थानीय तह निर्वाचन २०७९

रसुवामा २४ वडाको मतगणना सकियाे, कसले कति जिते ?

इकागज |
जेठ २, २०७९ सोमबार १५:२९ बजे

रसुवा - स्थानीय तह निर्वाचनको मत परिणाम आउने क्रम जारी छ । यसै क्रममा रसुवाका पाँच पालिकाकाका २४ वडाकाे मत परिणाम सार्वजनिक भएकाे छ । जसमा एमालेले १२, कांग्रेसले ११ र माओवादीले एउटामा वडाध्यक्ष पद जितेको छ । 

सोमबार दिउँसो २ बजेसम्मको नतिजाअनुसार नेकपा एमालेले उत्तरगयाको १, २ र ३, गोसाइँकुण्डको १, ३, ५ र ६, आमाछोदिङ्मोको १, ३ र ४ र नौकुण्डको २ र ३ नम्बर वडा जितेको छ ।


यस्तै, नेपाली कांग्रेसले कालिकाको २, ३ र ४, नौकुण्डको १, ४ र ५, गोसाइँकुण्डको २ र ४, आमाछोदिङ्मोको २ र ५ तथा उत्तरगयाको ४ नम्बर वडामा विजयी भएको छ । नेकपा माओवादी केन्द्रले हालसम्म कालिका–१ मा मात्रै जित हासिल गरेको छ । 


Author

थप समाचार
x