स्थानीय तह निर्वाचन २०७९

रामनगर गाउँपालिका अध्यक्षमा २२ वर्षीय युवा विजयी

इकागज |
जेठ २, २०७९ सोमबार १५:३३ बजे

सर्लाही – सर्लाहीमा २२ वर्षीय युवाले गाउँपालिका अध्यक्ष पदमा विजयी भएका छन् । सर्लाहीको रामनगर गाउँपालिकामा नेकपा माओवादी केन्द्रका २२ वर्षीय राजा बाबु यादव अध्यक्ष पदमा निर्वाचित भएका हुन् ।

राजा बाबुले ४०८१ मत ल्याएर विजयी भए । नेपाली कांग्रेसका हरिनन्दन प्रसाद यादवले २३९२ मत प्राप्त गरे ।


उपाध्यक्षमा पनि माओवादीकै उम्मेदवार गिता देवी विजयी भइन् । उनले ३५२३ मत प्राप्त गरिन् । कांग्रेसकी कोशिला साहले २६३७ मत मात्र प्राप्त गरिन् ।


Author

थप समाचार
x