शङ्खरापुरमा एकीकृत समाजवादीका एलपीको अग्रता
फाइल फोटो
काठमाडौँ - शङ्खरापुर नगरपालिकाको नगरप्रमुख पदमा नेकपा (एकीकृत समाजवादी) का लक्ष्मीप्रसाद (एलपी) श्रेष्ठले अग्रता कायम गरेका छन्।
श्रेष्ठले दुई हजार ३१७ मत पाउनुभएको नगर निर्वाचन कार्यालय जनाएको छ । उनलाई पछ्याउँदै नेकपा एमालेका कृष्णलाल बजगाइँले दुई हजार २७७ मत पाएका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का रमेश नापितले दुई हजार २४८ मत ल्याएका छन् ।
नेकपा माओवादी केन्द्रका मधु (नीरज) केसीले एक हजार ८५६ मत प्राप्त गरेका छन् । जनता समाजवादी पार्टी (जसपा) का भुवन वाइवाले ५८ मत पाएका छन् ।
नगर उपप्रमुखमा नेपाली कांग्रसका समिता श्रेष्ठको अग्रता छ । उनले तीन हजार ४९४ मत पाएकी छिन् । उपप्रमुखमा नेकपा माओवादी केन्द्रका चण्डिका दङ्गालले एक हजार ७९२ मत पाएकी छिन् ।
राप्रपाका विजयकुमारी वाइवाले एक हजार ७३२ मतका साथ प्रतिस्पर्धामा छिन् । एमालेका लक्ष्मी केसीले एक हजार ७२६ मतका साथ पछ्याएकी छिन् ।
नगरपालिकामा हालसम्म नौ हजार ६७३ मतगणना भएको नगर निर्वाचन अधिकृत सीता निरौलाले जानकारी दिइन् । रासस
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया