भरतपुरमा रेनुले घटाइन् मतान्तर
चितवन- भरतपुर महानगरपालिकाका नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले अग्रता कायम राखिरहेका छन् । उनले १३ हजार ७ सय ६५ मत गणना गर्दा ४ हजार ७ सय २७ मत ल्याएका हुन् । उनी दाहालभन्दा २७ मतले अगाडि छन् ।
गठबन्धनका उम्मेदवार रेनु दाहालले मतान्तर घटाउँदै ४ हजार ६ सय ९९ मत ल्याएकी छिन् । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले २ हजार १ सय १४ मत ल्याएका छन् ।
उपमेयर चित्रसेन अधिकारीले ५ हजार ५ सय ५७ र हिमला गुरुङले ३ हजार ७ सय ६४ मत ल्याएका छन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया