गुल्मीको मदाने गाउँपालिकाको अध्यक्षमा कांग्रेसका कुँवर विजयी
काठमाडौँ - गुल्मीको मदाने गाउँपालिकामा गठबन्धनका उम्मेदवारले जितेका छन् । गठबनधनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार महेन्द्र बहादुर कुँवरले १० मत बढी ल्याएर विजयी भएका हुन् ।
कुँवरले ४७ सय ७ मत ल्याएका थिए । भने एमालेका अध्यक्षका उम्मेदवार प्रेम केसीले ४ हजार ६९७ मत ल्याएका थिए ।
उपाध्यक्षमा एमालेकी सरिता खड्काले ४ हजार ५६७ मत ल्याएर विजयी भएकी छिन् । उनले गठबन्धनका माओवादी केन्द्रका उम्मेदवारलाई पराजित गरेकी थिइन् । माओवादी केन्द्रले उपाध्यक्षमा बेगम चन्दलाई उठाएको थियो ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया