धनगढी उपमहानगरमा मतान्तर फराकिलो बनाउँदै हमाल, वडभन्दा २११० मतले अगाडि
काठमाडौं– धनगढी उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका गोपाल हमालले मतान्तर फराकिलो बनाइरहेका छन् । १० हजार ३२९ मत गन्दा हमालले ४ हजार ५३८ मन प्राप्त गरेका छन् ।
हमालका मुख्य प्रतिद्वन्द्वी सत्तारुढ गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार नृपबहादुर वडले २ हजार ४२८ पाएका छन् भने तेस्रो हुने नेकपा एमालेका रणबहादुर चन्दले १ हजार १४० मत पाएका छन् ।
हमाल र वडबीच २११० मतको अन्तर रहेको छ ।
यस्तै उपमेयरमा माओवादी केन्द्रकी शान्ति अधिकारीले २ हजार १३८, एमालेकी कन्दकला रानाले १ हजार ९३८ र स्वतन्त्र उम्मेदवार प्रभाकर भण्डारीले १ हजार २५६ मत पाएका छन् ।
मेयर पदमा खसेकामध्ये हालसम्म २ हजार ७९ मत बदर भएका छन् ।
सुदूरपश्चिम प्रदेशको एम मात्र उपमहानगर धनगढीको मतगणना शनिबार साढे १२ बजेदेखि सुरु भएको थियो । शुक्रबार भएको स्थानीय तह निर्वाचनमा धनगढीमा रहेका ९३ हजार १५१ मतदातामध्ये ६३ हजार ७१५ जनाले मतदान गरेका थिए । उपमहानगरमा ९७ जना जनप्रतिनिधि चुन्न मतदान भएको हो ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया