स्थानीय तह निर्वाचन २०७९

राजेन्द्र महतोको वडामा कांग्रेसले चारतारे झण्डा फहरायो

इकागज |
जेठ २, २०७९ सोमबार १९:७ बजे

सर्लाही – लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता एवं पूर्व उपप्रधानमन्त्री राजेन्द्र महतोको गाउँमा नेपाली कांग्रेसका उम्मेद्वारले वडाध्यक्षमा बाजी मारेका छन् ।

महतोको घर रहेको बबरगंज गाउँ पर्ने चन्द्रनगर गाउँपालिका–२ को वडाध्यक्षमा कांग्रेसका शम्भु प्रसाद साह तेली ६१२ मत सहित विजयी भएका हुन् । निकटतम प्रतिद्वन्द्वी लोसपाका ४७ वर्षीय कामेश्वर साह तेलीले ५४४ मत मात्र प्राप्त गरे । 


लोसपाका वरिष्ठ नेता एवं राष्ट्रिय राजनीतिमा समेत चर्चित खेलाडीको रुपमा परिचित राजेन्द्र महतोको गाउँमा ४२ वर्षीय शम्भुले वडाध्यक्षमा विजय हाँसिल गर्दै कांग्रेसको चारतारे झण्डा फराउन सफल भएका छन् । लोसपा वरिष्ठ नेता महतोको वडामा निकै वर्षपछि कांग्रेसले जितेको हो ।


 


Author

थप समाचार
x