रोल्पाको माडी गाउँपालिका अध्यक्षमा माओवादीका घर्तीमगर विजयी
फाइल फोटो
रोल्पा - रोल्पाको माडी गाउँपालिकामा नेकपा (माओवादी केन्द्र) का अमरसिंह घर्तीमगरले तीन हजार ८३० मत प्राप्त गरी निर्वाचित भएका छन् । निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का विजय घर्तीमगरले तीन हजार ३७१ मत प्राप्त गरेका छन् ।
गाउँपालिका उपाध्यक्षमा माओवादी केन्द्रका जयपुरी घर्तीमगरले तीन हजार ९६६ मत प्राप्त गरी विजयी भएका छन् ।
उपाध्यक्षमा नेपाली कांग्रेसका कृष्ण विकले तीन हजार ५० मत प्राप्त गरेका छन् । सो गाउँपालिका–१, २, ४, ५ र ६ मा नेकपा माओवादी केन्द्र र वडा नंं ३ मा नेकपा (एकीकृत समाजवादी)ले विजयी हासिल गरेका छन् ।
माडी गाउँपालिकामा कांग्रेस–एमाले–स्वतन्त्र र माओवादी–एकीकृत समाजवादीले गठबन्धन गरेका थिए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया