स्थानीय तह निर्वाचन २०७९

देशभर एमालेभन्दा ३३ बढी स्थानमा कांग्रेस विजयी, कसकाे कहाँ अग्रता ?

इकागज |
जेठ २, २०७९ सोमबार २२:२८ बजे

काठमाडौँ- स्थानीय तह निर्वाचनको नतिजा देशैभरमा सार्वजनिक हुँदै गर्दा नेपाली कांग्रेस निकै अगाडि देखिएको छ । हालसम्म सार्वजनिक भएको नतिजामा नेकपा एमालेभन्दा ३३ स्थानमा अगाडि विजय हासिल गरेको छ।

कांग्रेसका उम्मेदवारले प्रमुख/अध्यक्ष पदमा ९२ स्थानमा विजय हासिल गरेको छ भने २ सय २३ स्थानमा अगाडि रहेको छ। उपप्रमुख/उपाध्यक्ष पदमा पनि कांग्रेस नै अगाडि रहेको छ । उप प्रमुख पदमा ९३ स्थानमा विजयी हासिल गरेको छ भने १ सय ८३ स्थानमा अगाडि रहेको छ ।


नेकपा एमाले प्रमुख/अध्यक्ष ५९ स्थानमा विजयी भएको छ भने १ सय २३ स्थानमा अग्रता लिएको छ । उपप्रमुख/उपाध्यक्ष पदमा एमालेले ५६ स्थानमा विजयी हासिल गरेको छ भने १ सय ५६ स्थानमा अगाडि रहेको छ ।

नेकपा माओवादी केन्द्रले  प्रमुख/अध्यक्ष ४४ स्थानमा विजयी भएको छ भने ७३ स्थानमा अग्रता लिएको छ। उपप्रमुख/उपाध्यक्ष पदमा ३९ स्थानमा विजयी भएकाे ४ भने ८८ स्थानमा अग्रता लिएको छ ।

नेकपा एकीकृत समाजवादीको  प्रमुख/अध्यक्ष पदमा ४ स्थानमा विजयी भएको छ भने १६ स्थानमा अगाडि रहेको छ । उपप्रमुख पदमा समाजवादी ८ स्थानमा विजयी रहेको छ भने १६ स्थानमा अग्रता लिएको छ ।


Author

थप समाचार
x