स्थानीय तह निर्वाचन २०७९

धाँधली गर्न खोजेपछि भरतपुरमा रोकियो मतगणना

इकागज |
जेठ २, २०७९ सोमबार २२:३२ बजे

चितवन- भरतपुर महानगरपालिकाको मतगणना रोकिएको छ । कर्मचारीले मतगणनाका क्रममा धाँधली गर्न खोजेकाे एमालेका प्रतिनिधिले आरोप लगाएपछि मतगणना प्रभावित बनेको हो ।

उम्मेदवारको चिह्नमा लगाइएको स्वस्तिक छापमा कर्मचारीले गडबड गर्न खोजेको आरोप लगाउँदै कांग्रेसका प्रतिनिधिले होहल्ला गर्न थालेपछि मतगणना राेकिएकाे हाे। अहिले मतगणनाकाे लागि सहमतिको प्रयास भइरहेको छ । 


कांग्रेसका प्रतिनिधिहरूका अनुसार एक नम्बरको मतगणना स्थलमा एकै पदका उम्मेदवारको चुनाव चिह्न सूर्य र हलोमा छाप लगाउँदा मत बदर गरिएको तर ७ नम्बरको गणनास्थलमा सोही प्रकृतिको मतपत्र बदर नगरिएपछि तनावको अवस्था सिर्जना भएको हो ।


Author

थप समाचार
x