सिन्धुपाल्चोकको भोटेकाेशीमा कांग्रेसका उम्मेदवार विजयी
सिन्धुपाल्चोक– सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाँउपालिकामा नेपाली कांग्रेसका उम्मेद्वार विजयी भएका छन् । अन्तिम मतपरिणाम अनुसार पालिकाको अध्यक्षमा पासाङ नोर्बु शेर्पा र उपाध्यक्ष दिछेन शेर्पा विजयी भएका छन्।
विजयी भएका अध्यक्ष शेर्पाले २६०५ मत ल्याए । उपाध्यक्षमा दिछेन शेर्पाले २७१२ मत ल्याएर विजयी भएकी हुन् ।
शेर्पाका प्रतिद्वन्द्वी नेकपा एमालेबाट अध्यक्षका उम्मेद्वार रहेका अमृत खडकाले २०४८ मात्र मत ल्याए । यस्तै उपाध्यक्षमा नेकपा एमालेकी उम्मेद्वार सुन्तली श्रेष्ठले २५५३ मत ल्याएकी छिन् ।
यस्तै माओवादी केन्द्रबाट अध्यक्षका उम्मेद्वार राजकुमार पौडेलले भने १९१८ मतमा ल्याएर तेस्रो भए। माओवादी केन्द्रका उपाध्यक्ष उम्मेद्वार आशा गुरुङ शेर्पाले १६१२ मत ल्याएकी छिन् । माओवादीका उम्मेदवार पौडेल निवर्तमान अध्यक्ष हुन् ।
चीनसँगको उत्तरी नाका समेत रहेको यस पालिकामा नेकपा एमालेको तर्फबाट पूर्व गाविस अध्यक्ष अमृत खडका चुनावी मैदानमा थिए।
१३ हजार १ सय ६४ मतदाता रहेको उक्त पालिकामा ९ हजार १ सय ३७ मत खसेको थियो ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया