स्थानीय तह निर्वाचन २०७९

पाँचखाल–१३ मा भोलि पुन: मतदान हुने

इकागज |
जेठ २, २०७९ सोमबार २३:११ बजे

काठमाडौँ- काभ्रेको पाँचखाल-१३​ को श्रीराम मावि मतदान केन्द्रमा मंगलबार पुन: मतदान हुने भएको छ।  मतपत्र वितरणका क्रममा भएको विवादका कारण स्थगित भएको निर्वाचन भोलि हुने भएको हो ।

मतदान सम्पन्न गर्न काभ्रेका सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवार र प्रमुख कोष नियन्त्रक हेमन्तराज निरौलालाई मतदान अधिकृतको जिम्मेवारी दिइएको छ । जिल्ला प्रशासन कार्यालय काभ्रेका अधिकृत रामप्रसाद भट्टराई र मालपोत अधिकृत गंगा पोखरेललाई सहायक मतदान अधिकृतको जिम्मेवारीबाट खटाइएको निर्वाचन कार्यालयले जनाएको छ।



Author

थप समाचार
x