स्थानीय तह निर्वाचन २०७९

विराटनगरमा आफ्नो मतान्तर बढाए नागेशले

इकागज |
जेठ ३, २०७९ मंगलबार ०:४० बजे

फाइल फोटो

काठमाडौँ- विराटनगर महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिएका नेपाली कांग्रेसका नागेश कोइरालाले आफ्नो अग्रता बढाएका छन्।  १९ हजार ७ सय ८० मत गणना हुँदा कोइरालाले ६ हजार ६०० मत ल्याइ प्रतिद्वन्द्वी नेकपा एमालेका सागर थापासँगको दुरीमा १७ सय ९ मतको अग्रता कायम राखेका छन्। थापाले ४ हजार ८९१ मत पाएका छन् ।

यस्तै स्वतन्त्र उम्मेदवार उमेश यादवले २ हजार ८८ मत ल्याएका छन् । महानगरपालिकाको उपमेयरमा एमालेकी शिल्पा कार्कीले अग्रता कायम राखेकी छन् । उनले ५ हजार ५ सय ७७ मत ल्याउँदा उनका प्रतिद्वन्द्वी जनता समाजवादी पार्टीका अरमेन्द्र यादवले ३ हजार ७८९ मत पाएका छन् ।



Author

थप समाचार
x