बालेनसामू निरीह बने स्थापित र सिंह
काठमाडाैं - काठमाडौं महानगरपालिकामा मतगणना जारी छ । सुरुवातबाटै अग्रता लिएका स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह (बालेन)ले आफ्नो अग्रता बढाउँदै लगेका छन् । प्राप्त पछिल्लो अपडेट अनुसार स्वतन्त्र पदका बालेनले ८ हजार ७ सय ८१ मत ल्याउँदा नेकपा एमालेका केशव स्थापित ४ हजार ६ सय ९९ मत पाएका छन्। कांग्रेसकी सिर्जना सिंह तेस्रो स्थानमा छिन् । उनले ४ हजार १ सय १ मत ल्याएकी छन् ।
उप मेयर मेयरमा नेकपा एमालेकी सुनिता डंगोलले ७ हजार ८ सय ३० मत ल्याएर अग्रस्थानमा छिन् । डंगोललाई नेकपा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले २ हजार २ सय २० मत ल्याएर पच्छ्याइरहेका छन् ।
बालेनले चुनाव चिन्ह लौरो लिएर स्थानीय तह निर्वाचनमा प्रतिस्पर्धा गरेका हुन् ।
बालेनसँग नेपाली कांग्रेसकी नेतृ सिर्जना सिंह, एमालेका केशव स्थापितलगायत बलिया उम्मेदवार चुनावी मैदानमा छन् । सिंह कांग्रेसका प्रभावशाली नेता प्रकाशमानकी श्रीमती मात्रै हैन, एक् सफल नेतृ हुन् । नेपाली कांग्रेसभित्र सिर्जनाको छुट्टै राजनीतिक पहिचान छ ।
उता एमालेका स्थापित राजनीतिका कुशल खेलाडी हुन् । उनले काठमाडौंको मेयर पदमा एक कार्यकाल काम गरेर अनुभव पनि बटुलिसकेका छन् ।
स्वतन्त्रबाटउम्मेदवारी दिएसँगै बालेन एकाएक चर्चामा आए । पेसाले इञ्जिनियर रहेका शाहमाथि सहानुभूति नै ओइरियो काठमाडौंबासीको ।
अझैसम्म उनकाे अग्रता कायम हुनुले पनि स्थापित दलका उम्मेदवारकाे शीर निहुरिएकाे छ । चुनावी मतपरिणामले एमालेका केशव र कांग्रेसकी सिंह निरीह बनेका छन् ।
चुनावी अभियानका क्रममा बालेनकाे क्रेजमाथि अनेक धावा बाेलेका उनीहरुमाथि नै अहिले उनै बालेन हावी भएका छन् ।उनले देशकै प्रमुख राजनीतिक दल । जसको संगठन बलियो छ । सरकार छ । उनैलाई मतगणनाको सुरुआतीदेखि नै पछाडि पारिरहेका छन् । उनको अग्रता कायमै छ ।
यीबाहेक अन्य राजनीतिक दल अनि स्वतन्त्रबाट पनि महानगर हाँक्ने सपनाका साथ धेरैले नेतृत्वका लागि चुनावी मैदानमा होमिएका छन् ।
मतगणना जारी रहेकाले कतिबेला कस्कोपल्लाभारी हुन्छ भन्ने अनुमान लगाउन कठिन छ । तर, एक्लो उम्मेदवारी दिएका बालेनले अझै प्रभावशाली पार्टीका प्रभावशाली नेतालाई उछिन्नु ठूलै कुरा हो, अझ पनि देशको राजधानी रहेको काठमाडौं महानगरपालिकामा ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया