स्थानीय सरकारकाे नेतृत्वमा कांग्रेसले शतक नघाउँदा एमाले ६२ मै सिमित
काठमाडौँ- स्थानीय तह निर्वाचनको नतिजा देशैभरमा सार्वजनिक हुँदै गर्दा नेपाली कांग्रेस निकै अगाडि देखिएको छ । हालसम्म सार्वजनिक भएको नतिजामा कांग्रेसले १ सय भन्दा बढी स्थानमा विजय हासिल गरेको छ।
कांग्रेसका उम्मेदवारले प्रमुख/अध्यक्ष पदमा १ सय १ स्थानमा विजय हासिल गरेको छ भने २ सय १५ स्थानमा अगाडि रहेको छ। उपप्रमुख/उपाध्यक्ष पदमा पनि कांग्रेस नै अगाडि रहेको छ । उप प्रमुख पदमा १०० स्थानमा विजयी हासिल गरेको छ भने १ सय ७८ स्थानमा अगाडि रहेको छ ।
नेकपा एमाले प्रमुख/अध्यक्ष ६२ स्थानमा विजयी भएको छ भने १ सय २१ स्थानमा अग्रता लिएको छ । उपप्रमुख/उपाध्यक्ष पदमा एमालेले ६२ स्थानमा विजयी हासिल गरेको छ भने १ सय ४९ स्थानमा अगाडि रहेको छ ।
नेकपा माओवादी केन्द्रले प्रमुख/अध्यक्ष ४७ स्थानमा विजयी भएको छ भने ६९ स्थानमा अग्रता लिएको छ। उपप्रमुख/उपाध्यक्ष पदमा ४२ स्थानमा विजयी भएकाे ६ भने ८८ स्थानमा अग्रता लिएको छ ।
नेकपा एकीकृत समाजवादीको प्रमुख/अध्यक्ष पदमा ४ स्थानमा विजयी भएको छ भने १६ स्थानमा अगाडि रहेको छ । उपप्रमुख पदमा समाजवादी ९ स्थानमा विजयी रहेको छ भने १६ स्थानमा अग्रता लिएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया