Ekagaj Logo
०२ कात्तिक २०८१, शुक्रबार
(Friday, 18 October, 2024)

रोजगारी

ललितपुरमा प्रथम सहकारी रोजगार मेला आयोजना हुने

इकागज |
असार ५, २०८१ बुधबार १५:५१ बजे

फाइल फाेटाे

काठमाडौँ  - राष्ट्रिय सहकारी महासंघ नेपालको आयोजनामा नेपालमा पहिलो पटक सहकारी क्षेत्रमा रोजगार मेला आयोजना हुने भएको छ ।

महासंघले बुधबार ललितपुरमा पत्रकार सम्मेलन गर्दै असार ७ गतेदेखि ९ गतेसम्म ललितपुरमा प्रथम सहकारी रोजगार मेला आयोजना हुने जनाएको हो । 


मर्यादित सहकारी व्यवसायका लागि युवा संलग्नता भन्ने नाराका साथ आयोजना गर्न लागिएको मेलाको ५ हजार बढीले अवलोकन गर्ने अपेक्षा गरेको महासंघकी अध्यक्ष ओमदेवी मल्लले जानकारी दिइन् । 

हाल ३१ हजारभन्दा बढी सहकारी संघ/संस्थामार्फत १ लाखलाई प्रत्यक्ष रोजगारी र लगभग १० लाखलाई स्वरोजगार सिर्जना गर्न सफल रहेको यस क्षेत्रको भिजन २०३० ले परिकल्पना गरेको रोजगारी सिर्जनाको लक्ष्य हासिल गर्न मेलाले महत्वपूर्ण योगदान गर्ने विश्वास लिएको उनले बताइन् । 

त्यस्तै मेलाको आयोजनाले प्रतिभा पलायन रोक्न, स्वदेशमै रोजगारी सिर्जना गर्न प्रोत्साहन गर्ने वातावरणको विकास गर्न तथा उत्पादन एवं सेवाका सहकारीहरू र अन्य निजी क्षेत्रका लागि आवश्यक जनशक्ति खोज्न सहजता प्रदान गर्ने अध्यक्ष मल्लले बताइन् । 

मेलामा रोजगारदाताका स्टलहरू रहने र सहकारीमार्फत उद्यमी बनेकाहरूका उत्पादनलाई समेत स्थान दिइएको आयोजकले जनाएको छ । 


Author

थप समाचार
x