वैदेशिक रोजगार जाने कामदारले क्युआर कोडसहितको खोप कार्ड म्यानपावरबाट पाउने
फाइल तस्बिर
काठमाडौँ- वैदेशिक रोजगारमा जानेहरूले क्यूआर कोडसहितको खोप कार्ड म्यानपावरबाट पाउने भएका छन् । वैदेशिक रोजगारी जानेहरूलाई कोभिड-१९ पूर्ण खोपको विधुतीय प्रमाणीकरणका लागि फारम सम्बन्धित संस्था (म्यानपावर) बाट भर्ने व्यवस्था मिलाउन निर्देशन दिएको स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले बताएका छन् ।
शुक्रबार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र व्यावसायीबीच भएको छलफलमा व्यावसायीहरूको संस्थालाई क्युआर कोड उपलब्ध गराउने सहमति भएको नेपाल वैदेशिक रोजगार व्यवसायी संघको महासचिव सुजितकुमार श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार इजाज़तपत्रवाला संस्थाहरु आफैँले कामदारको आवश्यक विवरण सहितको अनलाइन दर्ता गर्नु पर्ने र स्वास्थ्य सेवा बिभागले क्यूआर कोड सहितको प्रमाणपत्र सम्बन्धित म्यानपवार कम्पनीको इमेलमा पठाइने उनले बताए । 'आजैको मिति बाट लागू हुने गरी सहमती भएको छ,' श्रेष्ठले भने ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया