रोजगारी

अरुण तेस्रोले माग्यो ७० कर्मचारी

इकागज |
पुस १२, २०७७ आइतबार ११:३० बजे

काठमाडौं : अरुण तेस्रो पावर डेवलपमेन्ट कम्पनी प्रालिले ७० जना कर्मचारी मागेको छ । भारतको केन्द्रीय सरकार र हिमाञ्‍चल प्रदेश सरकारको साझेदार कम्पनी एसजेभीएन लिमिटेडले ९०० मेगावाटको जलविद्युत आयोजना निर्माण गरिरहेको छ । त्यसका लागि इञ्‍जिनियर र अधिकृतहरु मागेको हो ।

इञ्‍जिनियर (सिभिल, इलेक्ट्रीकल, आइटी) र मानव संशाधन विभागमा गरी २० जना कर्मचारी मागेको छ । सिभिल इञ्‍जिनियरिङ गरेका जुनियर इञ्‍जिनियरहरू र जुनियर कर्मचारीहरू समेत मागेको छ ।


त्यस्तै ५० जना इञ्‍जिनियरिङ र फाइनान्समा ग्याजुएट, डिप्लोमा र ओभरसियर पढेका कर्मचारीहरूलाई ट्रेनीको रुपमा जागिर दिने उल्लेख छ ।


Author

थप समाचार
x