ऊर्जा

उर्जा क्षेत्रको विकासका लागि ७५ अर्ब १० करोड विनियोजन

इकागज |
जेठ १५, २०७९ आइतबार १८:८ बजे

काठमाडौँ - सरकारले उर्जा क्षेत्र विकासका लागि ७५ अर्व १० करोड विनियोजन गरेको छ ।

अर्थमन्त्री जनार्दन शर्माले आगामी बर्षको बजेट प्रस्तुत गर्दै उर्जाका लागि उक्त रकम विनियोजन गरिएको जानकारी दिए । आगामी वर्ष  ७१५ मेगावाट बिजुली राष्ट्रिय प्रणालीमा जोडिने र विद्युत प्रशारण लाइन र पूर्वाधार निर्माणका लागि ४३ अर्ब विनियोजन गरिएको उनले बताए । 


आगामी दुई वर्षमा सबै घरमा बिजुली पर्‍याइने सरकारको लक्ष्य छ । त्यस्तै एलपी ग्यासमा प्रदान हुँदै आएको अनुदान क्रमश कटौती गर्ने र आगामी साउनभित्र सिंहदरबारबाट ग्यास सिलिण्डर हटाइने अर्थमन्त्री शर्माले जानकारी दिए । उनले बुढीगण्डकी जलविद्युत आयोजनाको लगानी मोडालिटी टुंगो लगाउने र स्रोत व्यवस्थापन गरिने जानकारी दिए । 

अर्थमन्त्री शर्माले विद्युत प्राधिकरणको सेयर जारी प्रक्रिया अघि बढाइने र त्यसरी प्राप्त रकम विद्युत आयोजनामा लगाइने जानकारी दिए ।  


Author

थप समाचार
x