विद्युत् नियमन आयोगका अध्यक्ष सिंहले गरे सदस्यहरूको मानमर्दन (पत्रसहित)
सचिवसँग समन्वय गर्न निर्देश
काठमाडौं – विद्युत् नियमन आयोगका अध्यक्ष दिल्लीबहादुर सिंहले ऐनले दिएको अधिकार दुरुपयोग गर्दै आयोगका सदस्यहरूको मानमर्दन गरेको पाइएको छ।
अध्यक्ष सिंहले यही जेठ २४ गते आयोगका सदस्यहरूलाई पत्र लेख्दै ‘सचिव तथा लेखा प्रमुखसँग समन्वय गर्नुहुनेछ’ भन्दै निर्देशन दिएका छन् । अध्यक्ष सिंहले सदस्यहरुलाई लेखा प्रमुख र सचिवभन्दा तल राख्ने गरी समन्वय गर्न तोकेका छन् ।
‘अध्यक्षले हामीलाई आयोगका सचिव (सहसचिव) र लेखा प्रमुखभन्दा पनि तल खसालेर चिठी लेखे,’ आयोगका एक सदस्यले इकागजसँग भने, ‘सदस्यले समन्वय गर्ने कि सचिवले गर्ने ?’
अध्यक्ष सिंहले सदस्यहरूको मनोबल गिराउने, आफूले खोजेको निर्णय गराउन दबाब दिने र ऐनले दिएको अधिकार दुरुपयोग गर्दै त्यस्तो चिठी लेखेको ती सदस्यले बताए । ‘अध्यक्षले जे काम पनि लाउन सक्छ भन्ने उहाँको बुझाइ छ,’ उनले भने, ‘सदस्यले गर्नुपर्ने काम पो तोक्ने हो, शाखा अधिकृतले गर्नुपर्ने काम सुब्बालाई लगाएको जस्तो भयो, सहसचिवले शाखा अधिकृतलाई काम लगाउँदा शाखा अधिकृतले गर्ने काम लगाउन पाउँछ, सुब्बाले गर्ने काम लगाउन पाउँदैन ।’
विद्युत् नियमन आयोग ऐन,२०७३ को दफा २४ मा ‘सदस्यले आयोग र आयोगको अध्यक्षले तोके बमोजिमका काम, कर्तव्य र अधिकारको पालना र प्रयोग गर्नेछ’ उल्लेख छ । यही दफालाई दुरुपयोग गर्दै सदस्यले नगर्नुपर्ने काम लगाएको बुझाई अरु सदस्यहरूको छ ।
सिंहले सदस्यहरूलाई आफूले हेरिरहेका कार्यक्षेत्रमा गर्नुपर्ने कार्यहरूको त्रैमासिक विवरणसहितको कार्यक्रम तथा बजेट बनाई जेठ मसान्तभित्र पेश गर्न निर्देश गरेका छन् । सिंहले उक्त कार्यका लागि सचिव तथा लेखा प्रमुखसँग समन्वय गर्नु हुनेछ’ लेखेका कारण सदस्यहरूले पत्र बुझेका छैनन् ।
यस सम्बन्धमा आयोगका अध्यक्ष सिंहको प्रतिक्रिया लिने प्रयास गर्दा सम्पर्कमा आउन चाहेनन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया