लकडाउनमा तालिम गरेको भन्दै १९ लाख ८५ हजार भुक्तानी
कर्मचारीबाट असुल्न र विभागीय कारबाही गर्न महालेखाको सिफारिस
काठमाडौँ- सप्तकोसी उच्च बाँध बहुउद्देश्यीय आयोजना, मोरङले लकडाउनका बेला तालिम गराएको भनी परामर्शदातालाई दिएको भुक्तानी १९ लाख ८५ हजार रुपैयाँ जिम्मेवार कर्मचारीहरुबाट असुल्न महालेखापरीक्षकले भनेको छ ।
परामर्शदाताबाट काम नै नभएको र लकडाउनका कारण काम हुने अवस्था समेत नरहकोमा तालिम सम्पन्नको प्रारम्भिक प्रतिवेदन तयार गरी २०७७ असार ३० मा भएको उक्त भुक्तानी असुल्न भनेको हो । महालेखाले यस्तो भुक्तानी दिने जिम्मेवार कर्मचारीहरुलाई विभागीय कारबाही गर्न पनि भनेको छ ।
आयोजनाले कम्प्युटर, प्लम्बिङ, बेल्डिङ र इलेक्ट्रिकल तालिम सम्पन्न गर्ने गरी २०७६ चैत १३ मा सम्झौता गरेको थियो । सरकारले २०७६ चैत ११ गतेदेखि विश्वव्यापी महामारी कोभिड–१९ को कारण देशव्यापी रुपमा लकडाउन गरेको थियो । आयोजनाले भने लकडाउनको अवधिमा तालिम गर्ने सम्झौता गरी भुक्तानी पनि दिलाएको महालेखाले आफ्नो ५९ औं प्रतिवेदनमा औंल्याएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया