अनियमित विद्युत् कटौतीले हैरानी
बैतडी - अनियमित विद्युत् कटौतीले बैतडीका सेवाग्राहीलाई हैरानी भएको छ। पछिल्लो समय यहाँ विद्युत् एकैछिन आउने र जाने क्रम बढ्दै गएपछि सेवाग्राहीलाई हैरानी भएको हो । विद्युत् सेवा अनियमितताले हैरानीका साथै व्यापार व्यवसायमा समेत असर परेको व्यापारीले बताएका छन् । गएको एक महिनादेखि विद्युत् सेवा अनियमित हुँदा हजारौँ उपभोक्ता मारमा परेका छन् ।
विद्युत् सेवा अनियमत हुँदा समस्या भएको दोगडाकेदार गाउँपालिका–७ का दीपेन्द्र कार्कीले बताए । बेला बेलामा आउने जाने हुने गरेको छ उनले भने,“यसले गर्दा उपकरण बिग्रने गरेका छन्।” विद्युत् सेवा अनियमित हुँदा मिल सञ्चालक, कम्प्युटर, इलेक्ट्रोनिक पसललाई, विद्युतबाट सञ्चालन हुने ग्रील उद्योग लगायतलाई समस्या भएको छ ।
बैतडीका व्यवसायी र सञ्चारमाध्यमका सञ्चालकले बेलाबेलामा विद्युत् आउने जाने गर्नाले विद्युतबाट चल्ने धेरै सामग्री बिग्रिने गरेको बताएका छन् ।
विद्युत् सेवा अनियमित हुँदा होटेल व्यवसाय, स्वास्थ्य क्षेत्र पनि प्रभावित भएको छ । श्रीकोट स्वास्थ्य चौकीका ईन्चार्ज वीर सिंह भाटका अनुसार भ्याक्सिन २४ सै घण्टा राख्न चिसोमा राख्नुपर्ने भए पनि अनियमित विद्युत् कटौतीले गर्दा खोप सेवा प्रभावित हुने गरेको बताए । यता विद्युत् प्राधिकरण बैतडी वितरण केन्द्रले वर्षा, हावाहुरी र चट्याङका कारण ३३ केभी लाइनमा समस्या आएकाले विद्युत् सेवा अनियमित भएको जनाएको छ ।
पुरानो लाइन भएका कारण वर्षातको समयमा समस्या आइरहेको र विद्युत् सेवा नियमित गर्नका लागि प्रयास भइरहेको नेपाल विद्युत् प्राधिकरण बैतडी वितरण केन्द्रका सुपरभाइजर माधवप्रसाद लेखकले बताए । वर्षातका कारण तार चुँडिने, हावाहुरीले पोल ढल्ने लगायतका समस्या आउँदा विद्युत् सेवा अनियमित हुने गरेको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया