नेपाल–बंगलादेश जलस्रोत/ऊर्जा बैठक सुरु (एजेण्डासहित)
काठमाडौं- नेपाल र बंगलादेशबीच ऊर्जा वार्ता काठमाडौंमा आजदेखि सुरु भएको छ । आजबाट सहसचिव स्तरीय बैठक हुने र भोलि सचिवस्तरीय हुँदैछ ।
सहसचिव स्तरीय संयुक्त कार्य समूह (जेडब्लूजी) को नेतृत्व ऊर्जा मन्त्रालयका सहसचिव मधुप्रसाद भेटवालले गरिरहेका छन् । सहसचिव स्तरीय बैठकले तय गरेका एजेन्डालाई सचिव स्तरीय बैठकले टुंगो लगाउने परम्परा छ ।
भोलि हुने ऊर्जा सचिवस्तरीय बैठकको नेतृत्व ऊर्जा, जलस्रोत तथा सिंचाइ मनलयका सचिव सुशीलचन्द्र तिवारीले गर्नेछन् भने उनका समकक्षी बंगलादेशको विद्युत्, ऊर्जा तथा खनिज स्रोत मन्त्रालयका सचिव हबिबुर रहमानले गर्नेछन् ।
बंगलादेश नेपालमा जलविद्युत् निर्माण गरी आफ्नो देशमा लैजान चाहन्छ । उसले सुनकोसी तेस्रो (६८३ मेगावाट) मा चासो देखाएको छ । बंगलादेशका सचिवलगायत टोलीले उक्त आयोजनाको निर्माणस्थल र प्रस्तावित जलाशय क्षेत्रको अवलोकन गत सोमबार गरेको थियो । यसैगरी बंगलादेशले खिम्ती शिवालय (१५४७ मेगावाट) पनि चासो देखाएको छ ।
नेपाल बंगलादेशलाई जलविद्युत् आयोजना निर्माण गर्न तयार छ । बंगलादेश पनि बनाउन तयार छ । तर बीच बाटोमा भारत भएकाले उसले अहिलेसम्म बिजुली जाने बाटो दिन्छु भनेको छैन ।
यस्ता छन् बैठकका एजेण्डा
१. एजेण्डाको अनुकूलन
२.सन् २०२१ को सेप्टेम्बर १३ देखि १४ तारिखसम्म भर्चुअल रुपमा भएको भएको तेस्रो ज्वाइन्ट वर्किङ ग्रुप (जेडब्लूजी) र ज्वाइन्ट स्टेयरिंग कमिटी (जेडब्लूसी) बैठकले तय गरेका कार्यक्रमहरूमाथिको समीक्षा
३. नेपाल र बंगलादेशबीच विद्युत् व्यापारका सम्भावनाहरू
४. नेपालको जलविद्युत् आयोजनामा लगानीका सम्भावनाहरूबारे छलफल
५. नेपाल र बंगलादेशबीच सीमापार विद्युत् व्यापारका सम्भावनाहरूबो छलफल
६. नेपालको जलविद्युत् विकासमा बंगलादेशका कम्पनीहरूको सहभागिता
७. नेपालको माथिल्लो कर्णालीबाट उत्पादन हुने ९०० मेगावाटमध्ये बंगलादेशले आयात गर्ने ५०० मेगावाट विद्युतको प्रगतिसम्बन्धी छलफल,
८. नेपाल–बंगलादेशबीच नवीकरणीय ऊर्जा क्षेत्र विशेष गरी सोलार होम सिष्टममा सहयोग
९.द्विपक्षीय क्षमता वृद्धिसम्बन्धी उपक्रम
१०. आगामी जेडब्लूजीको पाँचौं बैठकका सम्बन्धमा
११. अन्य विषय
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया