ऊर्जा

‘विद्युत् विकास विभाग र इप्पान एउटै सिक्काका दुई पाटा’

इप्पानले गर्‍यो नवनियुक्त महानिर्देशकको स्वागत

इकागज |
भदौ २९, २०७९ बुधबार १८:५४ बजे

काठमाडौं– स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (ईप्पान) ले विद्युत् बिकास बिभागका नवनियुक्त महानिर्देशक चिरन्जीबी चटौतलाई बधाई तथा शुभकामना ज्ञापन गरेको छ । 

इप्पानका अध्यक्ष कृष्णप्रसाद आचार्यले आफ्नो संस्था र विभाग एउटै सिक्काका दुई पाटा भएको बताउँदै आपसी सहकार्य र समन्वयबाट मात्र ऊर्जा क्षेत्रको विकास र प्रबर्धन हुने बताए ।


विभागमा यसअघि पनि धेरै समय काम गरेर यस क्षेत्रको लामो अनुभव बटुलेका व्यक्ति महानिर्देशक हुँुदा इप्पानलाई काममा सहज हुनुको साथै ठूलो अपेक्षा रहेको आचार्यले बताए । आचार्यले ऊर्जा क्षेत्रमा समस्याका चाङ रहेको उल्लेख गरे । ‘विभागसँग मात्र नभई अन्य सरकारी कार्यालयसँग  सम्बन्धित समस्याहरुको सहजीकरण गर्नमा पनि नवनियुक्त महानिर्देशकको सहकार्य र सहजीकरण हुन्छ भन्ने हामीलाई विश्वास छ,’ आचार्यले भने, ‘यसले समग्र ऊर्जा क्षेत्रको विकास र प्रवद्र्धनमा ठूलो भूमिका खेल्नेछ ।’ 

विभागका काममा इप्पानको तर्फबाट समेत सम्पूर्ण सहयोग रहने बताउँदै अध्यक्ष आचार्यले चटौतको कार्यकाल ऊर्जा क्षेत्रको प्रवद्र्धनमा पूर्ण रुपले सफल हुने विश्वास व्यक्त गरे ।  

महानिर्देशक चटौतले विभाग र इप्पान नङ र मासुजस्तै भएको बताउँदै आफ्नो कार्यकालमा इ्प्पानसँग न्यानो सहकार्य गर्ने प्रतिबद्धता जनाए । उनले  नियम–कानुनको परिधिभित्र रहेर विभागले समयमै, छिटो, छरितो र चुस्त दुस्त कार्य सम्पादन गर्ने बताए ।

‘विभागको मुख्य काम नै ऊर्जा क्षेत्रमा संलग्न निजी क्षेत्रलाई प्रोत्साहन गर्दै ऊर्जा क्षेत्रको प्रबर्धन गर्नु हो,’ चटौतको भनाइ थियो, ‘ऊर्जा विकासको गति यो ठाउँसम्म आइपुग्न निजी क्षेत्रको ठूलो योगदान रहेको हुँदा आगामी दिनमा पनि निजी क्षेत्रलाई प्रोत्साहन गर्न कुनै कसर बाँकी राख्दिनँ ।’ 

ऊर्जा विकासमा समस्या भएको सबैले मनन गरेको सन्दर्भमा अब सबैतिरबाट समाधानमा ठोस पहल हुने चटौतको भनाइ थियो । विगतमा आफूले विभागमा रहेर काम गरिसकेको र ऊर्जा क्षेत्रको प्रवद्र्धन तथा निजी क्षेत्रको काममा सहजीकरण गरेको चटौतले स्मरण गरे  ।

उक्त अवसरमा अध्यक्ष आचार्य, उपाध्यक्ष गणेश कार्की र मोहनकुमार डाँगी, महासचिव गोरे शेर्पा, सचिवहरु बलराम खतिवडा, भरत खत्री, सदस्यहरु बिक्रम बिष्ट, उत्तम ब्लोन लामा, भरत खड्का लगायतले महानिर्देशक चटौतलाई बधाई ज्ञापन गरेका थिए ।


Author

थप समाचार
x