ऊर्जा

प्रचण्ड प्रधानमन्त्री भए लगत्तै भारतले दियो दुई आयोजनाको बिजुली निर्यात अनुमति

इकागज |
पुस १२, २०७९ मंगलबार १६:३६ बजे

काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्रीमा नियुक्ति भए लगत्तै भारतले थप दुईवटा जलविद्युत् आयोजनाबाट बिजुली निर्यात गर्ने अनुमति दिएको छ ।

भारतको केन्द्रीय विद्युत् प्राधिकरणले नेपालको काबेली बी १ (२४.२५ मेगावाट) र तल्लो मोदी (१९.४) मेगावाटको बिजुली निर्यात गर्न अनुमति दिएको नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले इकागजलाई बताए ।


यी दुई आयोजनासमेत गरी भारतले हालसम्म ४५२.६ मेगावाटका १० वटा आयोजनाबाट उत्पादित बिजुली निर्यात गर्न अनुमति दिइसकेको छ । माथिल्लो तामाकोसी (४५६ मेगावाट) लगायतका अन्य आयोजनाको भने भारतले हालसम्म अनुमति दिएको छैन ।
 


Author

थप समाचार
x