नेपाल–भारत ऊर्जा सचिवस्तरीय बैठक
भारतमा थप बिजुली निर्यात गर्न थालियाे तयारी
काठमाडौं– नेपालबाट भारतमा थप बिजुली निर्यात गर्ने तयारी थालिएको छ । भारतमा जारी नेपाल–भारत ऊर्जा सचविस्तरयि बैटठकमा यसबारे छलफल थालिएसँगै थप बिजुली निर्यात गर्ने बाटो खुलेको हो ।
अहिले नेपाल–भारत ऊर्जा सचिवस्तरीय १० औं बैठक भारतको माउण्ट आबुमा जारी छ ।
बैठकको नेतृत्व नेपालका ऊर्जा सचिव दिनेशकुमार घिमिरेले गरिरहेका छन् । उनका समकक्षी आलोक कुमार छन् ।
बैठकमा भारतमा थप बिजुली निर्यात, सीमापार अन्तर्देशीय प्रसारण लाइन निर्माण लगायतका विषयमा छलफल भइरहेको बैठक स्थलबाट ऊर्जा मन्त्रालयका एक अधिकारीले शनिबार इकागजलाई बताए ।
गत २७ डिसेम्बरमा नयाँ दिल्लामा भएको दुई देशका प्राविधिक सहसचिव स्तरीय बैठक ‘ज्वाइन्ट टेक्निकल टिम— जेटीटी० ले सचिव स्तरीय बैठक संयुक्त सञ्चालन समिति ९जेएससी० का एजेन्डाहरु तय गरेको थियो ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया