यी हुन् भारतले निर्यातको अनुमति नदिएका जलविद्युत् आयोजनाहरू
काठमाडौँ- नेपालबाट १० हजार मेगावाट बिजुली आयात गर्ने उद्घोष गरेको भारतले झन्डै दुई वर्षदेखि १८ वटा जलविद्युत् आयोजनाका १५५५.४१ सय मेगावाटको बिजुली उसको ऊर्जा विनिमयमा बिक्री गर्न अनुमति दिएको छैन ।
नेपाल विद्युत् प्राधिकरणले यी १८ वटा आयोजनाको सम्पूर्ण विवरण पठाएर भारत सरकारले तोकेको ‘डेजिग्नेटेड अथोरिटी’ को अनुमति पर्खेको धेरै समय बितिसकेको छ ।
भारत सरकारले जारी गरेको ‘सीमापार विद्युत् व्यापार निर्देशिका’ अनुसार उसले तोकेको डेजिग्नेटेड अथोरिटीले अनुमति दिएपछि मात्र उसको ऊर्जा सट्टे बजार (आईईएक्स) मा बिक्री गर्न पाउँछ ।
नेपालका प्रधानमन्त्री पुष्पकमल दाहालको भारत यात्रामा यी अड्किएका आयोजनाहरूले अनुमति पाउने अपेक्षा थियो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त पत्रकार सम्मेलनमा नेपालबाट १० वर्षमा १० हजार मेगावाट बिजुली आयात गर्ने उद्घोष गरेका थिए । दुई वर्षदेखि अनुमति नदिएको विषयमा भने भारत सरकारले अहिलेसम्म मुख खोलेको छैन ।
प्राधिकरणका अनुसार भारतको विद्युत् दलाल कम्पनी एनभीभीएनमार्फत डेजिग्नेटेड अथोरिटीको अनुमति पर्खेर बसेका आयोजनाहरू निम्न छन्:
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया