इप्पान ऊर्जा ज्योति पुरस्कार सूर्यनाथ उपाध्यायलाई
काठमाडौँ- इप्पान ऊर्जा ज्योति पुरस्कार सूर्यनाथ उपाध्यायलाई प्रदान गरिएको छ । बिहीबार पहिलोपटक निजी क्षेत्रलाई जलविद्युतमा सहभागी गराउन महत्वपूर्ण भूमिका निर्वाह गरेको र जलस्रोत क्षेत्रमा अध्ययन, अनुसन्धान र नीतिगत तवरबाट योगदान पुर्याएको भन्दै उपाध्यायलाई पुरस्कृत गरिएको हो ।
इप्पान विशेष सम्मान नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई प्रदान गरियो । घिसिङको तर्फबाट प्राधिकरणका निर्देशक प्रबल अधिकारीले उक्त पुरस्कार ग्रहण गरेका थिए ।
उपाध्याय जलस्रोत सचिव हुँदा पहिलोपटक निजी क्षेत्रलाई जलविद्युत्मा लगानी गर्न दिने नीतिगत निर्णय भएको थियो । त्यतिबेला जलस्रोत मन्त्री शैलजा आचार्य थिइन् ।
घिसिङलाई ऊर्जा क्षेत्रमा विशिष्ट योगदान पुर्याएकाले सम्मान गरिएको हो ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया