दोल्ती पावर घाटामा
काठमाडौं - दोल्ती पावर कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा घाटा व्योहोर्नु परेको छ । कम्पनीलाई ९८ लाख ७२ हजार रुपैयाँको नोक्सानी भएको छ ।
गत वर्षको पनि कम्पनीले पनि २ करोड २३ लाख ४५ हजार रुपैयाँ नोक्सानी व्यहोरेको थियो । कम्पनीका अनुसार विद्युत् बिक्रीबाट हुने आम्दानी बढेसँगै यसको नोक्सानी घटेको हो ।
विद्युत् बिक्रीबाट हुने आम्दानी ४.९३ प्रतिशतले बढेर ५ करोड ८३ लाख ४९ हजार रुपैयाँ पुगेको छ । चुक्ता पुँजी ५३ करोड ६४ लाख ८६ हजार रुपैयाँ छ । प्रतिसेयर आम्दानी १ रुपैयाँ ८४ पैसा र प्रतिसेयर नेटवर्थ ७१ रुपैयाँ ३ पैसा छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया