ऊर्जा

काठमाडौँका यी ठाउँमा भरे बेलुका विद्युत आपूर्ति बन्द हुने

इकागज |
जेठ १३, २०८१ आइतबार १३:८ बजे

काठमाडौँ- आइतबार काठमाडौँका विभिन्न ठाउँमा बेलुका ११ बजेदेखि सबा १ बजेसम्म विद्युत आपूर्ति बन्द हुने भएको छ ।   

लप्सी फेदी तथा चाँगुनारायण सबस्टेशन निर्माण आयोजना द्वारा विद्यमान टेकु सब-स्टेशन स्तरोन्नति कार्य भइरहेकोमा हाल चालु रहेको इन्कमर २ प्यानलमा प्राविधिक समस्या देखिएकाले प्राधिकरणले विद्युत आपूर्ति बन्द हुने जनाएको छ ।


टेकु सब-स्टेशन तथा सोसँग सम्बन्धित स्वचिंग स्टेशनहरूबाट आपूर्ति भइरहेको रत्नपार्क, कुलेश्वर तथा पुल्चोक वितरण केन्द्र अन्तर्गत पर्ने सुनधारा, मिन्ट,कालीमाटी चमती, भिमसेनस्थान, रिङरोड र कुलेश्वर क्षेत्रमा विद्युत आपूर्ति बन्द हुने भएको हो ।


Author

थप समाचार
x