ऊर्जा

ऊर्जा विकासका लागि ५० अर्ब ७४ करोड रुपैयाँ बजेट विनियोजन

इकागज |
जेठ १५, २०८१ मंगलबार १६:२ बजे

काठमाडौँ- सरकारले ऊर्जा विकासका लागि ५० अर्ब ७४ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

मंगलबार संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८१÷८२ को बजेट पेस गर्दै अर्थमन्त्री वर्षमान पुनले ऊर्जा क्षेत्रको विकास र विस्तारका लागि उक्त बजेट विनियोजन गरिएको जानकारी दिए ।


मन्त्री पुनले आगामी आर्थिक बर्ष  राष्ट्रिय प्रणालीको विद्युत क्षमता चार हजार पाँच सय मेगावाट पुर्याइने,  प्रतिव्यक्ति विद्युत खपत ४५० युनिट पुर्याउने लक्ष्य राखिएको बताए । भारत हुँदै आगामी आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत निर्यात गर्ने व्यवस्था मिलाउने उनले जानकारी दिए ।

उनले सुख्खायामको मागलाई पूर्ति गर्न बूढीगण्डकी, दुधकोशी र नलसिंगगाढ जलाशययुक्त जलविद्युत् आयोजना र नौमुरे आयोजनाको निर्माण कार्य अघि बढाउने बताए ।


Author

थप समाचार
x