Ekagaj Logo
०२ कात्तिक २०८१, शुक्रबार
(Friday, 18 October, 2024)

ऊर्जा

डेडिकेटेड र ट्रंकलाइन विवाद : अटेर गर्ने तीन उद्योगको लाइन प्राधिकरणले काट्‌यो

इकागज |
असार २६, २०८१ बुधबार १०:२५ बजे

काठमाडौँ- डेडिकेटेड र ट्रंकलाइनको महशुलको विषयलाई लिएर नेपाल विद्युत् प्राधिकरणले फेरि तीन उद्योगको लाइन काटेको छ । मंगलबार राति ९ बजे प्राधिकरणले फेरि तीन उद्योगको लाइन काटेको हो ।

अर्घाखाँची सिमेन्ट, घोराही सिमेन्ट र रिलायन्स स्पिनिङ मिल्सको लाइन काटेको हो । अर्घाखाँचीले ४४ करोड ८६ लाख,  घोराही सिमेन्ट उद्योगले ५१ करोड रुपैयाँ र रिलायन्सले ७५ करोड ३७ लाख रूपैयाँ प्राधिकरणलाई वक्यौता तिर्न बाँकी छ ।


लोडसेडिङको समयमा उद्योगहरुले प्रिमियम शुल्क लाग्ने डेटिकेटेड तथा ट्रंक लाइनमार्फत् बिजुली उपभोग गरेका उद्योगहरूले शुल्क नतिरेपछि प्राधिकरणले १५ दिनको समय दिएर सूचना निकालेको थियो । तर उद्योगहरूले अटेर गरेर उक्त समयमा वक्यौता नतिरेपछि विजुलीको लाइन काटेको हो ।
 


Author

थप समाचार
x