ऊर्जा

आज तीनकुनेदेखि विमानस्थलसम्म दिनभर किन विद्युत् अवरुद्ध हुँदैछ ?

इकागज |
असोज ५, २०८१ शनिबार ९:२ बजे

तस्विरः फाइल फोटो

काठमाडौँ- काठमाडौंका विभिन्न स्थानमा आज ( शनिवार )विद्युत् अवरूद्ध हुने भएको छ । नेपाल विद्युत प्राधिकरणका अनुसार बानेश्वर वितरण केन्द्र अन्तर्गतको विद्युत् लाइन भूमिगत गर्ने कार्यका लागि विभिन्न स्थानमा बिहान ९ बजेदेखि दिउँसो ४ बजेसम्म विद्युत् अवरुद्ध हुने भएको हो।

प्राधिकरणका अनुसार केमसी फिडरअन्तर्गत तीनकुने गैरीगाउँ पेट्रोल पम्प, लण्डन कलेज, बाजेको सेकुवा र केएमसी हस्पिटल क्षेत्रमा विद्युत् आपूर्ति बन्द हुनेछ।


न्यू एअरपोर्ट फिडर अन्तर्गत विमानस्थल तथा आसपास क्षेत्रमा पनि विद्युत् अवरुद्ध हुनेछ। यस्तै एअरपोर्ट डेडिकेटेड फिडरअन्तर्गत भन्सार कार्यालय क्षेत्रमा समेत विद्युत् आपूर्ति बन्द हुनेछ।

काम निर्धारित समय अगावै सकिए तोकिएभन्दा अगाडि नै विद्युत् आउने पनि प्राधिकरणले जनाएको छ ।


Author

थप समाचार
x