ऊर्जा

पैसा नतिर्ने १० उद्योगको प्राधिकरणले काट्यो विद्युत लाइन

इकागज |
कात्तिक ९, २०८१ शुक्रबार ८:५० बजे

फाइल तस्बिर

काठमाडौँ- नेपाल विद्युत प्राधिकरणले विद्युत्‌ महसुल नबुझाउने उद्योगहरूको विद्युत लाइन काट्न थालेको छ ।

प्राधिकरणले बिहीबार साँझ अर्घाखाँची सिमेन्ट, घोराही सिमेन्ट, सोनापुर सिमेन्ट, भलवारी स्वचालित चामल उद्योग, एसआर फुड्स, श्याम प्लास्टिक, घराना फुड्स, गोयन्का फुड्स, कसमस सिमेन्ट र बाबा जुट मिलको लाइन काटिएको छ । साथै जगदम्बा स्टिल, हुलास स्टिल , अशोक स्टिल र हामा आइरनको पनि विद्युत लाइनसमेत काटिएको छ ।


यसअघि कार्यकारी निर्देशक घिसिङले बिहीबार साँझ उर्जा मन्त्री दिपक खड्कासँग भेट गर्दै विद्युत लाइन नकाट्ने हो भने मन्त्रीपरिषद्ले निर्णय गरिदिन आग्रह गरेका थिए । 

यसअघि गत असोज २४ मा सूचना प्रकाशित गर्दै प्राधिकरणले बक्यौता महसुल भुक्तानी गर्न भन्दै ८ कात्तिकसम्मको म्याद दिएको थियो ।

मन्त्री खड्काले कुलमानलाई स्पष्टीकरण सोधेपछि उनले यो कदम चालेका थिए । विद्युत महसुलमा कुलमान र सरकारको धारणा बाझिएपछि यो विषय झन् पेचिलो बन्दै गएको छ ।


Author

थप समाचार
x